काठमाडौं, २० फागुन । ‘मिस नेपाल पिस २०७३’ को उपाधि ललितपुर नर्सिङ कलेजकी सक्षम थापा मगरले जितेकी छन् । १९ वर्षीया सक्षमले २७ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
उनले उपाधिसँगै ५० हजार रुपैयाँ र नेपाल बे्रस्ट क्यान्सर फाउन्डेसनको सद्भाव राजदूतलगायत विभिन्न अवसर उपहार हाँसिल गरिन् ।
नेक्स्ट मोडल्स् नेपालले राजधानीको आर्मी अफिसर्स क्लबमा आयोजना गरेको सो प्रतियोगितामा सपना छन्त्यालले फस्ट रनरअपको उपाधिसहित ३० हजार रुपैयाँ र एरी श्रेष्ठ सेकेन्ड रनरअपको उपाधिसहित २० हजार रुपैयाँ प्राप्त गरे ।
विभिन्न उपाधिअन्तर्गत ब्युटिविथ ब्रेन सनम थापा मगर, बेस्टपर्सनालिटी एनी श्रेष्ठ, बेस्टस्क्रिन निशा राई, बेस्ट ड्रेस सबिना लामा, पब्लिकच्वाई निरुसा खड्का घोषित भए । यस्तै, मिस फोटो जेनिक निसा पाण्डे, बेस्ट वाक सोनम डोल्मा शेर्पा, मोस्ट डिसिप्लेन सुनम, मोस्ट पपुलर एलिसा डंगोल, सोसियलसिप रेस्पोन्सिबल रोजी श्रेष्ठ बने ।