मनास्लु राष्ट्रिय अर्वाडमा १७ विधा छनौट

  कल्पना थापा  810 पटक हेरिएको


बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेवाको कदर स्वरुप मनास्लु पोष्टको शुभारम्भको अबसर पारेर बिभिन्न बिधामा सम्मानको प्रारम्भ गरेको छ । यसको निरन्तरता सँगै मनास्लु मिडियाद्धारा सञ्चालित मनास्लु पोष्टको आयोजनामा “एक विधा एक स्टार” मनास्लु राष्ट्रिय अर्वाड – २०७४ यहि मंसिरमा हुने भएको छ । “एक विधा एक स्टार” को लागी उत्कृष्ट ब्याक्तीको नाम छनौट भैसकेको छ ।
“एक विधा एक स्टार” मनास्लु राष्ट्रिय अर्वाड–२०७४ मा विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष यागदान पु¥याएका व्याक्तित्वहरुलाई वान स्टार सहित अर्वाडद्धारा सम्मान गरिने बताइएको छ ।
साहसिक हिमाल आरोही , पर्यटन गाईड, समाजसेवी पुरुष १ महिला १ पुरुष, संस्कृतविद्, उद्दोगी, व्यावसायी, खेलाडी, गायक, गायीका, मोडल, शिक्षासेवी, पत्रकार, बर्षको ब्यक्तित्व बिधाहरुमा सम्वन्धित क्षेत्रका व्याक्तीहरुलाई अवार्ड विज्ञ समुहले छनौट गरेको छ । मनास्लु राष्ट्रिय अवार्ड कार्यक्रममा मौलिकता झल्किने खालको विविध सांस्कृतिक प्रस्तुतिको लागि नृत्य प्रशिक्षण भइरहेको छ भने मनास्लु राष्ट्रिय अर्वाड–२०७४लाई टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार