रोल्पा लिवाङमा वाइसियल र तरुण दलबीच झडप, १० घाईते

  Manaslu Post  678 पटक हेरिएको

रोल्पा, १६ असार । रोल्पा नगरपालिकाको मत गणनाको विषयमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । शुक्रबार बेलुकी सवा ६ बजेतिर लिबाङको वंशी चिया पसलमा सँगसँगै चिया खाँदै गरेका कांग्रेसको तरुण दल र माओवादीको वाइसियलबीच झडप हुँदा केहि घाईते भएका छन् । करिब दुबै पार्टीका करिब १० जना सामान्य घाइते भएका छन् । प्रहरी नायक उपरीक्षक रामप्रसाद घर्तीको नेतृत्वमा झडपलाई नियन्त्रणमा लिन ठूलै संख्यामा प्रहरी परिचालित भएको थियो । प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिएपछि तनाव कम भएको छ । झडप भएपछि सदरमुकाम लिबाङमा निकै बेर तनाव उत्पन्न भएको थियो । झडपबाट जोगिन स्थानीय व्यापारीले पसल नै बन्द गरेका थिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार