फेस्टिबल २०७४ मा मगर चलचित्रको प्रतिनिधित्व गर्दै लोम्बा

  मनास्लु पोष्ट  1037 पटक हेरिएको

पहिलो आदिवासीजनजातिचलचित्र फेस्टिबल २०७४ मा मगर चलचित्रको प्रतिनिधित्व गरेको“लोम्बा”चलचित्रको चर्चा र परिचर्चा भईरहेको छ । अठार मगरात क्षेत्रमा प्रचलित मगर समुुदायको पुर्खौली पेशा भेडि गोठ भित्रको लोम्बा संस्कृतिलाई चलचित्रको कथामा कलात्मक तरिकाले उनेर निर्देशक अनिल बुढा मगरले आफ्नो अभिब्यक्ति पोखेका छन् । सोहि चलचित्रले अनिललाई पनि चर्चामा हुत्याईदिएको छ ।
यहिअसार १७, १८ र १९माहुन गैरहेको महोत्सवमा आदिबासी जनजाति चलचित्र महासंघ अन्तरगत रहेका जातियसंस्थाहरुले आ–आफ्नो समुदायबाट उत्कृष्ट चलचित्रहरुलाई छनोट गरि चलचित्र महासंघमा पठाइएको थियो । महोत्सवमा २०७० साल देखि यता २०७३ साल सम्म निर्माण भएका मगर समुदाय भित्रका चलचित्रहरु मध्य उत्कृष्ट चलचित्रको प्रतिनिधित्व गरि “लोम्बा”चलचित्रलाई पठाइएको थियो ।‘हजाराँै भेडालाई बाटो देखाउने “लोम्बा”को मृत्यु भएपछि अर्को “लोम्बा”को तयारी र गोठालोहरुलाई आउने संकटनै फिल्मको आत्मा हो ।’ सोहि कथासंगै तकसेरामा अवस्थित मगर समुदायको ब्यवसायीक, आर्थिक, राजनितिक, संस्कार, संस्कृतिहरुलाई निर्देशक अनिलले चलचित्र मार्फत चित्रण गरेका छन् । आदिवासी जनजाति चलचित्र महोत्सवमा“लोम्बा”चलचित्र लगायत प्रत्यक जातिबाट छनौट भएका चलचित्र, वृत्तचित्र, र छोटा चलचित्र गरी१८ वटा चलचित्र प्रदर्शन गरिने छ ।
पत्रकार सम्मेलनमामहासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले राज्य र सम्वन्धित निकायले आदिवासी चलचित्र प्रबर्द्धनमा प्राथमिकतानदिएकोमा गुनासो गर्दै यस्ता चलचित्रहरुलाई अवसर प्रदान गरे यसलेराष्ट्रको मौलिक पहिचान बचाउनुको साथै विश्वमै नेपालको प्रतिनिधित्व गर्नेसमेत बताउनुभयो ।

महोत्सवमा अनिल बुढा मगर द्धारा निर्देशित“लोम्बा”, जस माया गुरुङ द्धारा निर्देशित“कर्म क्या”,माझी समुदायको बिन्दु माझीद्वारा निर्देशित चलचित्र“बन्थी”,टोमा लामाद्वारा निर्देशित मुगाल“फेके”,बिनोद पुडासैनीद्वारा निर्देशित“दखल”,ज्योती राईद्वारा निर्देशित“पुवालो”नैना जेरुङ राई निर्देशित“ब्यासा” भुवन सिंह राई र निस्चल सापकोटाद्वारा निर्देशित“नागा”सुर्य प्रकाश चेम्जोङद्वारा निर्देशित“पेकोसामा”, परशुराम चौधरी द्वारा निर्देशित“जितिया”,गोपिलाल तामाङद्वारा निर्देशित“वुम्बा”,राकेश महर्जनद्वारा निर्देशित“कल्ली” प्रदर्शन गरिने प्रेस विज्ञप्तीमा जनाईएको छ । त्यस्तै गरि राजनलाल जोसीले निर्देशन गरेको चलचित्र“स्टोरी अफ टाईम”भेष गुरुङद्वारा निर्देशित“ङ्यो थुमै”सोम गुरुङद्वारा निर्देशित“त्याग”नरजङ्ग गुरुङ निर्देशित“टाढाको माया”गिम बहादुर गुरुङद्वारा निर्देशित“छ्याबाह्रमी” र मगर चलचित्रकर्मी संघको“गुठ” पनि प्रदर्शन गरिने भएको छ ।

महोत्सवमा जातिय संस्थाबाट छनौट भई सहभागिता जनाउने सवै चलचित्रहरुलाई प्रोत्साहन स्वरुपप्रति चलचित्रहरुलाई नगदप्रदान गरिने साथैपव्लिक च्वाईस अवार्ड पाउनेलाई अवार्ड संगै नगद पुरस्कारसमेत प्रदान गरिने कुरा जनाईएको छ ।
पर्यटन बोर्डको हल, भृकुटीमण्डप काठमाण्डौमा आयोजना गर्न लागिएको महोत्सवको उद्घाटन समारोहमा आदिवासी जनजातीहरुले आ–आफ्नाजातिय परम्परागत सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिने समेत जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार