काठमाडौं, १७ असार । काठमाडौंमा घोडाचढी खेलमा रमाउनेहरुका लागि हर्स राईडिङ सेवा सञ्चालनमा आएको छ । हरेक हप्ताको शुक्रबार र शनिबार अपरान्ह ३ बजे पछि नक्सालको नारायणचौरमा रहेको तबेला रेस्टुरेन्टमाबाट सेवा लिन सकिने बताइएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा न ७ बाँसबारीमा रहेको बग्गी एण्ड हर्स राईडिङ कम्पनीले हर्स राईडिङ सेवा संचालनमा ल्याएको हो । काठमाण्डौमा पहिलोपटक सञ्चालनमा आएको हर्स राईडिङ सेवा अन्र्तगत बिशेष आर्कषणका रुपमा रात्रीकालिन हर्स राईडिङ गर्नेहरुको लागि पारिवारिक मज्जा लिदै रेस्टुरेन्टमा खानाको स्वादमा बग्गीको मनोरञ्जन लिन सकिने सञ्चालक शान्त शर्माले बताएका छन् ।
बग्गी एण्ड हर्स राईडिङ अन्र्तगत काठमाण्डौका बिभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रहरु पशुपतिनाथ, बौद्ध, स्वयम्भु लगायतका क्षेत्रका साथै पर्यटकको रुचीअनुसार उपत्यका बाहिरका क्षेत्रमा पनि घोडाबाटै जाने आउने साथै बिबाह, बर्तबन्ध बिभिन्न सुभ कार्यमा समेत भाडामा उपलब्ध रहेको बताइएको छ ।