असार १९, काठमाण्डौ । नेपाल पर्वतारोहण संघ(एनएमए)को निर्वाचन यही जुलाई २८ तारिकका दिन हुने भएको छ ।
गन्तव्य नेपाल सँग संक्षिप्त कुरा गर्दै नेपाल पर्वतारोहण संघ(एनएमए)का अध्यक्ष आङछिरीङ शेर्पाले स्थानिय निर्वाचनको कारणले केही समय अगाडि गर्ने भनिएको एनएमए निर्वाचन अन्ततः जुलाई २८ का तय गरिएको बताउनुभयो ।
यससँगै नेतृत्वका आकांक्षीहरु खुलेर आफ्नो पक्षमा जनमत श्रृजना गर्दै एनएमए निर्वाचन भव्य रुपले सम्पन्न गराउन व्यवसायी, आरोही तथा पर्यटनसम्बद्ध व्यक्तिहरुमा आह्वान समेत गर्नुभयो ।
आफुले तिन कार्यकाल एनएमएको नेतृत्व गरिसकेको भन्दै शेर्पाले आफुले यसपटक नेतृत्व हस्तान्तरण गर्ने र नेतृत्वमा आफ्नो दाबी नरहने समेत स्पष्ट पार्नुभयो ।