चितवन मेडिकल कलेजका इन्टर्न डाक्टर आन्दोलनमा

  Manaslu Post  692 पटक हेरिएको

भरतपुर– चितवन मेडिकल कलेजका इन्र्टन डाक्टरहरु आन्दोलनमा उत्रिएका छन्। तेस्रो ब्याचका इन्टर्न डाक्टरहरुले चार बुँदे माग राखी आइतबारदेखि आन्दोलन थालेका हुन्।

विगत तीन वर्षदेखि इन्टर्नसिपमा काम गर्ने डाक्टरहरुको तलब वृद्धि नगरिएको,  शल्यक्रिया कक्षमा खाना लगायतका सेवा हटाइएको, समयानुकुल सुविधा नदिएको लगायतका माग राखी उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

हरेक वर्ष एमबिबिएस अध्ययनको शुल्य बढाउने तर आफूहरुले काम गर्दा उचित पारिश्रमिक नपाउने गरेको आन्दोलनरत डाक्टरहरुको गुनासो छ। यदि, अस्पताल प्रशासनले मागको सम्बोधन नगरेमा सोमबारबाट चरणबद्ध आन्दोलनमा जाने उनीहरुले चेतावनी दिएका छन्। अस्पताल प्रशासन विरुद्ध आन्दोलनमा उत्रिए पनि बिरामीलाई केही मर्का नपार्ने उनीहरुले बताएका छन्।स्वास्थ्यखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार