कोषाध्यक्षको अधिकार कटौतीपछि टानमा भुकम्प, लिलाबल्दभ अख्तियार जाने

  मनास्लु पोष्ट  698 पटक हेरिएको

काठमाडौं, २० असार ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा झुुक्याएर कोषाध्यक्षको अधिकार कटौती गरिएको खुल्न आएको छ ।

टान अध्यक्ष चन्द्र रिजालसँग हामीले सम्पर्क गर्दा उनले कोषाध्यक्ष लगायतको दफा, उपदफाहरुमा संसोधन गरिएको स्वीकारेका छन । उनले साधारणसभामा सबैकुरा पास गर्नुपर्छ भन्ने छैन, कतिपय बिधानतः रहेका केही बुँदाहरु संसोधन गर्न मिल्छ, हामीले सोही बमोजिम संसोधन गर्यौ– उनले भने ।
टान बिशेष स्रोतका अनुसार रिजालले बिधान संसोधन पश्चात बिधान कार्यलयमा नराखी झोलामा बोकेर हिडेको बताए ।
यता टानका कोषाध्यक्ष लिलाबल्दभ दाहाल ‘काका’ गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै यो संसोधन कुनैपनि हालतमा मान्य नहुने बताए । उनले साधारणसभामा कोषाध्यक्षको अधिकार कटौती लगायतका बुँदाहरुका कुनै छलफल नै भएको छैन, जे मन लाग्यो, त्यही गर्ने– उनले भने ‘ टानको साधारणसभाको भिडियो आफुसँग सुरक्षित रहेको बताउँदै आफु अदालत र अख्तियार जाने बताए ।
आफ्नो संयमतालाई कमजोर ठानियो, मैले टानलाई सौहार्द हिसाबमा टानको बिधानतः काम गर्न खोजेको हुँ, तर यहाँ अपवित्र गठबन्धन गरेर टानलाई कमजोर बनाउने कामको सुरुवात भएको छ । हामी सबै मिलेर अब टानको सानलाई उच्च राख्न लाग्छौ– उनले भने ।
यसअघि होटल र्याडीसनमा सम्पन्न टानको साधारण सभामा कोषाध्यक्षको अधिकार कटौती गर्नेगरि विद्यान संशोधनको तयारी थालिएको थियो । त्यसको चर्को विरोध भएपछि टानका अध्यक्ष चन्द्र रिजालले उक्त संशोधन प्रस्ताव पेश नै गर्न सकेका थिएनन ।  तर साधारण सभामा छलफल नै नगरि वर्तमान कार्यसमितिले पावरको भरमा जिल्ला प्रशासन कार्यालयबाट कोषाध्यक्षको अधिकार कटौटी गर्ने गरि विद्यान संशोधन गरेर ल्याइएको टानको स्रोतबाट प्राप्त हुन आएको छ ।

टानले गर्ने कुुनै पनि आर्थिक कारोबारमा अध्यक्ष वा महासचिव मध्ये कुनै एक तर कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुने पर्ने प्रावधान टानको विद्यानमा उल्लेख छ । चन्द्र रिजाल नेतृत्वको वर्तमान कार्यसमितिका केही सदस्यले जथाभावी खर्चमा हस्ताक्षर गर्न कोषाध्यक्षलाई आग्रह गरेको थियो । उक्त प्रस्ताव कोषाध्यक्षले अस्विकार गरेपछि अधिकार कटौती गर्ने गरि विधान संशोधन गर्ने प्रपञ्च रचिएको थियो । तर साधारण सभामा सो प्रस्ताव पेश नै हुन पाएको थिएन ।

टान पछिल्लो समय आर्थिक संकटमा फँस्दै गएपछि कोषाध्यक्षले खर्चमा मितव्ययी तरिका अपनाउने  गरि अघि बढेको तर रकमान्तर गरेर भएपनि खर्च गर्ने र आफ्नो इच्छा पूरा गर्ने ध्यायमा लागेका थिए । जसको कारण टानमा अध्यक्ष, महासचिव र कोषाध्यक्षको वोलचाल नै बन्द भएको थियो । तर केही व्यवसायीहरुको मध्यस्तकर्तामा उनीहरु बीच पुर्नमिलन गराइएको व्यवसायीहरुले बताउने गरेका छन् । गन्तव्य नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार