पत्थरीको अप्रेसन गर्न आएका बिरामीको मिर्गौला झिकियो

  Manaslu Post  617 पटक हेरिएको

काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको ज्यान जोगाउन मिर्गौला झिकिएको जानकारी गराएको छ ।

पत्थरीको अप्रेसन गर्न आएका बिरामी रिमालको उपचारका क्रममा अत्याधिक रत्तश्राव भएका कारण मिर्गौला निकालीको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मिर्गौलाको २ सेमीको पत्थरीको शल्यक्रिया गरेर निकाल्ने क्रममा रक्तश्राव बढेको अस्पतालले जानकारी गराएको छ । उनको शल्यक्रिया गर्नुपूर्व सिटिस्यान र आईभीयू समेत गरिएको थियो ।

शल्यक्रिया गर्नुपूर्व विरामीका आफ्न्तलाई शल्यक्रिया जटिल रहेको जानकारी गराउँदा उनीहरु शल्यक्रिया गराउन तयार रहेको र उनीहरुको सल्लाहमै शल्यक्रिया गरेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शल्यक्रियाका क्रममा बिरामीको रत्तश्राव नरोकिएपछि रिमालका आफन्तलाई वरिष्ठ न्यूरो सर्जन प्रा. डा. गुणकुमार श्रेष्ठले जानकारी समेत गराएका थिए ।

जानकारी पछि परिवारको सल्लाहमै बिरामीको जिवन रक्षाका लागि मृर्गौला झिकिएको र उक्त मृगौला अस्पतालमा रहेको जानकारी गराइएको छ । मृगौला झिकिएपछि बिरामीका आफ्न्तले अस्पताल प्रशासनसँग राखेका माग पुरा गर्न सहमति भएको र केही सञ्चार माध्यममा आएको समाचार जस्तो कुनै अप्रिय घटना नभएको जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार