नेपाल राष्ट्र बैंकले ‘नोट प्रर्दशनी कक्ष’ निर्माण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नोटहरुलाई संकलन गरेर राख्न नयाँ प्रर्दशनी कक्ष निर्माण गर्न लागिएको जानकारी दिनु भएको हो ।
उहाँले तत्कालीन परिवेशलाई झल्काउन समेत नोट संकलनको कामले सघाउ पुर्याउने भएकाले रुपैंयाँ÷पैसा संकलनको काममा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
शुक्रबार नेपाल फिलाटेलिक सोसाईटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि मुलुकको इतिहास र वर्तमान बोध गराउने काम नोटहरुले गर्ने गरेको पनि स्मरण गराउनु भयो ।
नेपाल फिलाटेलिक सोसाइटीले नोटहरुको संकलनको काम पनि गर्दै आएको छ