व्यवस्थापिका संसदबाट विनियोजन विधेयक पारित

  मनास्लु पोष्ट  601 पटक हेरिएको

काठमाडौं,२६ असार । व्यवस्थापिका संसदले सोमबार बजेट सम्बन्धी सबैभन्दा महत्वपूर्ण र मुख्य विधेयक (बिनियोजन विधेयक) पारित गरेको छ । आज बसेको दोस्रो बैठकले विनियोजन विधेयक–२०७४ पारित गरेको हो ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको विधेयक व्यवस्थापिका संसदको बहुमतले पारित गरेको हो । त्यसैगरी बैठकले आर्थिक विधेयक–२०७४ माथि विचार गरियोस् भनि अर्थमन्त्री कार्कीले प्रस्तुत गरेको प्रस्तावलाई स्विकृत पनि गरेको छ । सभामुख ओनसरी घर्तीले आर्थिक विधेयक – २०७४ माथि सैद्धान्तिक छलफल आगामी २९ गते गर्ने घोषणा पनि गरिन् ।

व्यवस्थापिका संसदमा राष्ट्र ऋण उठाउने विधेयक २०७४ विचार गरियोस् भन्ने अर्थमन्त्री कार्कीको प्रस्तावलाई सर्वसम्मतिले स्विकृत गरेको छ ।
त्यसअघि नेपाल मजदुर किसान पार्टीका सांसदहरु प्रेम सुवाल, अनुराधा थापामगर र डिल्ली प्रसाद काफ्लेले विभिन्न मन्त्रालयको शिर्षकको खर्च रकम घटाईयोस् भन्ने प्रस्तावलाई भने बैठकले अस्विकृत गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार