राजदूतबाट आशा र शर्मिलाको नाम फिर्ताको निर्णय आज

  Manaslu Post  605 पटक हेरिएको

१७ फागुन, काठमाडौं । सरकारले विवादमा मुछिएका ओमान र यूएईका लागि प्रस्तावित राजदूतको नाम फिर्ता लिने भएको छ ।

मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे बोलाइएको छ । उक्त बैठकले राजदूतको सिफारिस फिर्ता लिएर नयाँ नाम सिफारिस गर्ने एक मन्त्रीले बताए ।

सरकाले कांग्रेसको कोटाबाट यूएईका लागि नेपाली राजदूतमा आशाकुमार लामा र फोरम लोकतान्त्रिकको कोटाबाट ओमानका लागि राजदूतमा शर्मिला पराजुली ढकाललाई सिफारिस गरेको थियो । तर, दुबै राजदूत म्यानपावर व्यवसायमा संलग्न भएको लगायतका विवादमा मुछिएपछि सरकारले उनीहरुको नाम फिर्ता लिने भएको हो ।

अन्य १२ जनाको राजदूत सिफारिस भने कायमै रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार