मनास्लु पोष्ट काठमाडौ । सुमधुर स्वरका धनि लोकप्रिय गायक स्व. अरुण थापा मगरको सम्झनामा हरेक बर्ष नेपाल मगर बिधार्थी संघ केन्द्रिय समितिले आयोजना गर्दै आएको स्व. अरुण थापा मगर स्मृती सभा यस बर्ष भने श्रावन ५ गते ११ बजेदेखि प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौमा स्व. अरुण थापा १८औ स्मृती सभा तथा स्मृती पुरस्कार वितरण समाहरोह हुने भएको छ ।
लोकप्रिय गायक स्व. अरुण थापा मगरको भौतिक शरिर हामी माझ नभए पनि उनले कहिलै अन्त्य नहुने कालजीय, कर्णप्रिय, सदावहार गीतहरु उपहार स्वरुप हामीमाझ छोडेर गएका छन । स्व. अरुण थापा मगरले गायका कालजीय, कर्णप्रिय, सदावहार गीतहरु ऋतुहरुमा तिमी हरियाली बसन्त हौ, करोडौ मुटुहरुको ढुकढुकी नेपाल, जति माया लाए पनि जति कसम खाए पनि, भुलुभुलु लाग्यो मलाई सपनीमा, म रोए पनि हाँसी दिनु, अाँखाको निद चोरी लानेलाई लगाएत सयौ गीतहरु हामी माझ गुञ्जिरहेका छन ।
सुमधुर स्वरका धनि स्व. अरुण थापा मगरले गायका कालजीय, कर्णप्रिय, सदावहार, अजुमरी सुगम संगीतहरु सम्पुर्ण नेपालीहरुको मन मष्तिस्कमा अझै आहालै बसिरहेको छ ।
हरेक बर्ष झै यस बर्ष पनि उनको सम्झनामा नेपाल मगर बिधार्थी संघ केन्द्रिय समितिले आयोजना गरेकोे स्व. अरुण थापा मगर स्मृती सभा कार्यक्रममा चर्चित गायक गायिकाहरुद्धारा स्व. अरुण थापा मगरले गाएका गीतहरुको प्रस्तुती रहने छ भने स्व. अरुण थापा मगर स्मृती पुरस्कार वितरण समाहरोह, साथै सम्मान कार्यक्रम गरिने नेपाल मगर बिधार्थी संघ केन्द्रिय समितिले जनाएको छ ।