मनास्लु पोष्ट काठमाडौ । वयाम ६ पाँचथरमा जन्मेकी भावना सेलिङ्ग लिम्वु नवप्रतिभाका रुपमा मोडलिङमा प्रवेश गरेकी छन् ।
योभन्दा अगाडि उनी दुधपोखरी फिल्म प्रोडक्शनमा सहायक नृत्य प्रशिक्षण गर्दै आएकी थिइन् ।
उनको मोडलिङ र नृत्य सिकाउने प्यासन नै बनिसकेको छ । तर मोडलिङमा भने भर्खरै प्रवेश गरेकी हुन् । डिकेश मगरको निर्देशनमा छाडी नजाउ अल्लारे ठिटोलाई बाट मोडलिङमा प्रबेश गरेकी भावना सेलिङ्ग लिम्वुले तिमी घाम तिमी जुन, भैयो भेट सालैजोमा अभिनय गरेकी छिन । नृत्य सिकाउने भन्दा करिअरका लागि मोडलिङ नै बनाउने उनको सोच छ ।
जिन्दगी रमाइलोमै बितेको बताउने उनी यो क्षेत्रमा आएको छोटो समयमै प्रतिफल राम्रो पाएको बताउँछिन् । मोडलिङ गरे पछि सबैले अब मोडल नै बन्नुपर्छ, अभिनय राम्रो रहेछ भनेर हौसला दिएको बताउँछिन् ।