मन बहादुर पुनको घाँटु र सोरठी प्रकाशित हुदै

  मदन कुमार घर्ती मगर  1237 पटक हेरिएको


काठमाडौं, । साहित्यकार मन बहादुर पुनले त्रिनेत्र उपन्यासको अपार सफलता पछि मगर जातिको वृत्तान्त संस्कृति घाँटु र सोरठी अनुसन्धानात्मक कृति बजारमा ल्याउने तयारीमा रहेका छन । उनको त्रिनेत्र नामक उपन्यास प्रज्ञा प्रतिष्ठान कमलादीमा जेठ ७ गते एक कार्यक्रम बीच सार्वजनिक भएको थियो ।
उपन्यास लेखक मन बहादुर पुनले साहित्यिक कविता, गीत, मुक्तक, हाइकु, तान्का, कथा, लघु कथा, गीतिनाटक, उपन्यास आदि लगाएत लामो समयदेखि पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आएका छन । उनी पत्रकारिता र उपन्यास लेखनमा पछिल्लो समयमा सकृय देखिएका छन् ।
२०५६ सालदेखि निरन्तर लोक गायन,पत्रकारिता,चलचित्र निर्देशन र साहित्य सृजना गर्दै आएका मन बहादुर पुनले नेपाली साहित्य फाँटमा फेरि एउटा नयाँ साहित्य घाँटु र सोरठी अनुसन्धानात्मक कृति सिर्जना गरेका छन ।
उनले निरन्तर साहित्य सिर्जना गर्दै विगत लामो समयदेखि धेरै साहित्यिक कृतिहरु प्रकाशन गदै आईरहेका छन । अाँशुको पाइला कविता संग्रहवाट साहित्यिक यात्रा सुरु गरेका पुनलाई प्रेमाभाष, गजल संग्रह, आमा निवन्धले चर्चामा पु¥याएको थियो । करिब एक दर्जन भन्दा बढि सांस्कृतिक फिल्महरुमा लेखन निर्देशन गरिसकेका पुनले पाँच दर्जन भन्दा बढि लोक आधुनिक गीतहरुमा स्वर, शव्द र लय श्रृजना गरिसकेका छन ।
उनको घाँटु र सोरठी अनुसन्धानात्मक कृति नेपाली पाठकको बिचमा यहि साउन १५ भित्र प¥याउने बताएका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार