आगामी मंसीरमा मनास्लु राष्ट्रिय अवार्ड हुदै

  कल्पना थापा  891 पटक हेरिएको


काठमाडौँ। मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खवरको रफ्तार…मनास्लु पोष्टको आयोजनामा मनास्लु राष्ट्रिय अवार्ड २०७४ आगामी मंसीर महिनामा हुने भएको छ ।
बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेवाको कदर स्वरुप मनास्लु पोष्टको शुभारम्भको अबसर पारेर कार्यक्रम गरिने मनास्लु पोष्टका अध्यक्ष मन बहादुर पुनले जानकारी दिनुभयो ।
विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष यागदान पु¥याएका १३ जना व्याक्तित्वहरु साहसिक हिमाल आरोही , पर्यटन गाईड, समाजसेवी पुरुष १ महिला १ पुरुष, संस्कृतविद्, उद्दोगी, व्यावसायी, खेलाडी, गायक, गायीका, मोडल, शिक्षासेवी, पत्रकार, बर्षको ब्यक्तित्व बिधा लगाएत ११ जना कलाकारहरुलाई श्रष्ट्रा अवार्ड प्रदान गरिने जानकारी दिनुभयो ।
मनास्लु पोष्टका अध्यक्ष मन बहादुर पुनको संयोजकत्वमा अवार्ड सफल बनाउन मूल समारोह समितिका साथै विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।
मनास्लु राष्ट्रिय अवार्ड कार्यक्रममा मौलिकता झल्किने खालको विविध सांस्कृतिक प्रस्तुति रहने छ भने मनास्लु राष्ट्रिय अर्वाड–२०७४ लाई टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिनुका साथै कार्यक्रममा बुद्धिजीवी, व्यापारी, समाजसेवी, नेपाली चलतित्र र कला संस्कृतिलाई माया गर्ने दर्शकहरु अवार्ड समारोहमा सहभागिता गराउने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार