दर्शकले रुचाएका चर्चित मोडल सरोज लामाकोे विकल्प

  मन बहादुर पुन  1667 पटक हेरिएको


मनास्लु पोष्ट । विभिन्न म्यूजिक भिडियोहरुमा अभिनय गरि नेपाली दर्शकको मन मुटुमा बस्न सफल चर्चित मोडल सरोज लामा विगत ४ बर्ष देखि मोडलिङ क्षेत्रमा सक्रिय रहदै आएका छन ।
सेम्जोङ ९ धाडिङ्घमा जन्मिएका सरोज लामा पिरती नलाउनु म्यूजिक भिडियोमा अभिनय गरेर औपचारिक रुपमा मोडलिङ दुनियामा प्रवेश गरेका थिए । सानै उमेर देखि नाच्न भनेपछि हुरुक्कै हुने सरोज लामा स्कुले जीवनमै बिभिन्न कार्यक्रमहरुमा नाच्नमा भाग लिएर थुप्रै पुरस्कार कदर पत्र र प्रशंसा पत्र हात पार्न सफल भएका थिए ।
बहुप्रतिभाका धनि सरोज लामा कोरियोग्राफीमा पनि दखल छन । अहिले सम्म उनले लाहुरेको छोरी, बिजुली झड्का, एउटी मैया, तिम्रो पोल खोल्दिन्छु, केहि कुरा मायाको, के के भयो, साहुनीको फ्यान, आत्मा, तीजैमा दर खाउला, फेसवुकमा भन्छुनी हाई जस्ता चर्चित गीत लगाएत तिन दर्जन जति म्यूजिक भिडियोहरुमा मोडलिङ गरिसकेका छन भने दुई ओटा फिल्ममा समेट अभिनय गरेकाछन ।
पछिल्लो समय निकै ब्यस्त बन्दै आएका मोडल सरोज लामाद्धारा अभिनित टेलिफिल्म विकल्प छिट्टै टेलिभिजनको पर्दामा आउने तर्खरमा रहेको छ ।

केहि महिना भित्र टेलिभिजनवाट प्रशारण हुन लागेको टेलिफिल्म विकल्पको धमाधम छायाकन भईरहेको बताएकाछन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार