एनएमए निर्वाचनको लागि निमी शेर्पाको टिम सार्वजनिक

  मनास्लु पोष्ट  540 पटक हेरिएको

साउन ८, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को अगस्ट ५ मा हुन गईरहेको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनले निमी शेर्पाको नेतृत्वमा टिम सार्वजनिक गरेको छ ।

यसैगरी प्रथम उपाध्यक्षमा ठाकुरराज पाण्डे, द्वितिय उपाध्यक्षमा अम्बिर गुरुङ, महासचिवमा बोधराज भण्डारी, सचिवमा ऋषि नेपाल, कोषाध्यक्षमा सुर्दशन न्यौपाने, रहनु भएको छ । यस्तै कार्यसमिति सदस्यहरुमा ठाकुर प्रसाद सापकोटा, निर बहादुर लामा, ऋषि पनेरु र लाक्पा नुरु शेर्पालगायत रहेको छन् । संगठन विभाग प्रमुख तथा वार्ता कमिटि सदस्य कमल सापकोटाले मनास्लु पोष्टसँग संक्षिप्त कुराकानी गर्दै एनएमए निर्वाचनको लागि आफ्नो संगठनको टिम सार्वजनिक भई सकेको तर अन्य संगठनहरुसँग वार्ता र संवाद भने यथावत रहने बताउनु भयो । उहाँले बाँकी पदहरु समावेशी बनाउनको लागि केही पदहरु सार्वजनिक नगरिएको पनि प्रष्ट पार्नुभयो । एनएमए निर्वाचनको लागि टिम घोषणा गर्ने पहिलो संगठन माओवादी केन्द्र निकट व्यवसायीको संगठन देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार