पोर्चुगलमा “सिसेक्पा तङनाम ” मनाइदै

  मनास्लु पोष्ट  807 पटक हेरिएको

वाईवि तमू,लिस्वन – २२ जुलाई २०१७ – राजधानी लिस्वनमा आगामी २०१७ जुलाई ३१ तारिक सोमवारका दिन आदिवासी लिम्बुजातिहरुको महान चाड “सिसेक्पा तङनाम” मनाइने भएको छ ।
किरात याक्थुड० चुम्लुड० पोर्तुगलको मुख्य आयोजनामा हुन लागेको उक्त चाड विशेष गरि नेपालको पूर्वी भागमा बसोवास गर्ने आदिवासी किराती लिम्बुजातीहरुमा प्रचलित छ भने बिगत केहि वर्ष देखि यो चाड विश्व व्यापी रुपमा मनाउदै आइरहेका छन् ।
पोर्चुगलमा बसोवास गर्दै आएका लिम्बुजातीहरुको साझा सस्था किरात याक्थुङ्ग चुम्लुङ्गको गठन गरे पश्चात विगत केहि वर्ष अघि देखि यो पर्व मनाइदै आएको छ ।
राजधानी लिस्वन स्थित Rua da madalena no.199, 1Dto. 1100-319 रहेको स्थानीय हलमा हुने उक्त कार्यक्रममा पोर्चुगलमा सकृय बिभिन्न संघ सस्था तथा सस्थाका प्रतिनिधिहरु लगाएत अन्य नेपालि समुदायहरुलाई उपस्थित भई कार्यक्रम भब्य रुपमा सम्पन्न गर्नका लागि किरात याक्थुङ्ग चुम्लुङ्ग समाज,पोर्चुगलले अनुरोध गरेको छ ।
नेपालमा विशेष गरि साउने सक्रान्तिको दिन मनाउने यो सिस्क्पा तङ्गनाम मनाउने गरिन्छ । आदिवासी लिम्बुहरु पनि अन्य आदिवासी जनजाति सरह प्राकृतिक पुजक भएकाले सिसेक्पा तङ्गनाम चाड पनि प्रकृति,जनवार,आदिको नाम अनुसार फरक फरक तरिकाले नाच गान गर्दै ,मिठो मिठो खानेकुरा खादै इस्ट मित्र सबै एकै ठाउमा जम्मा भएर रमाइलो गरि मनाउने प्रचलन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार