‘बुढीगण्डकी बचाउन’ महिला शक्ति महासंघको विरोध

  कल्पना थापा  807 पटक हेरिएको

काठमाडौं – सरकारले जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग गलत तरिकाले सम्झौता गरेको भन्दै नयाँ शक्ति पार्टी निकट महिला संगठन महिला शक्ति महासंघले विरोध जनाएको छ ।

सरकारले राजनीतिक रुपमा अनैतिक, गैरकानूनी एवं राष्ट्रिय स्वाभिमानविपरित हुनेगरी राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न गलत नियतका साथ चिनियाँ कम्पनीलाई ठेक्का दिएकोप्रति महिला शक्तिले मंगलबार काठमाडौंको माइतिघर मण्डलामा १ घन्टा धर्ना दिएको हो ।

धर्नामा सहभागी महिला शक्ति महासंघकी संयोजक कल्पना धमलाले राष्ट्रिय गौरवको आयोजना आफ्नै स्रोत साधनबाट निर्माण गर्नुपर्ने बताउँदै सरकार र ठूला दलहरुले मिलेमतोमा कमिशनकै लागि राष्ट्रिय हित विपरित आयोजना विदेशी कम्पनीलाई परियोजना सुम्पिएकोमा विरोध गर्नुभयो ।

नयाँ शक्तिले बुढीगण्डकी आयोजनाको सम्झौता गैरकानूनी र राष्ट्रिय स्वार्थविपरित भएको, साथै यसले दीर्घकालीन रुपमा आर्थिक तथा सामाजिक समस्या सिर्जना गर्ने भन्दै सम्झौता खारेज गरी आफ्नै स्रोतबाट आयोजना निर्माण गर्न दबाबस्वरुप नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

त्यस्तै नयाँ शक्ति पार्टीनिकट विभिन्न आंगिक संगठनहरु तथा अन्य स्वतन्त्र पेशागत संघसंस्था तथा संगठनहरुले निरन्तर यो सम्झौता खारेजी गरी स्वदेशी पूँजी र लगानीमा आयोजना निर्माण गर्न दबाब दिंदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार