लमजुङ र कास्की जोड्ने रुदी दोभानको अस्थायी पुलबाट बस खस्दा दुई जनाको चेपिएर मृत्यु भएको छ । दुई महिलालाई खोलाले बगाएको स्थानीयले बताएका छन् ।
बाढीले पुलको जग कमजोर बनाएपछि जग हल्लिएको र पूल समेत भाँचिन जाँदा बस खसेको यात्रुहरुले बताएका छन् । चेपिएर मृत्यु भएका दुई जना पुरुष रहेको उनीहरुले बताएका छन् । उनीहरुको उद्धार हुन सकेको छैन । पानीभित्रै रहेकाले बस उद्धारका लागि क्रेन चाहिने र भोर्लेटारबाट क्रेन ल्याउने तयारी भइरहेको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय भोर्लेटारबाट गएका प्रहरी पुगेका छन् । गम्भीर घाइते १४ जनालाई उपचारका लागि पोखरा र लमजुङको रामबजारतर्फ पठाइएको छ । रामबजारतर्फ पठाएका घाइतेको प्राथामिक उपचारपछि पोखरा लगिएको प्रहरीले जनाएको छ ।