लोन्ली प्लानेटमा समावेश भएसंगै म्याग्दीमा पर्यटक बढे

  मनास्लु पोष्ट  946 पटक हेरिएको

पर्यटकीय जिल्ला म्याग्दीमा एक वर्षको अवधिमा झण्डै ७० हजार पर्यटकहरुले म्याग्दी जिल्लाको भ्रमण गरेका छन् । विश्व प्रसिद्ध अन्नपुर्ण चक्रीय पदमार्ग, राउण्ड धौलागिरि सहित जिल्लाका पर्यटकीय क्षेत्रमा गत आर्थिक वर्ष २०७३÷७४ को साउनदेखि असार महिनासम्म कुल ६९ हजार ८१६ जनाले भ्रमण गरेका हुन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष २६ हजार बढी बाह्य पर्यटकले जिल्लाको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको घोरेपानी, भुरुङ–तातोपानी, शिख, घार, पश्चिम म्याग्ग्दीको दरवाङमा प्रहरी र एक्यापका सुचना केन्द्रबाट सङ्कन गरिएको विवरण अनुसार पुरुष पर्यटकको सङ्ख्या ३७ हजार १७ रहेको छ भने महिलाको ३२ हजार ७९९ रहेको छ । महिलाको तुलनामा पुरुषको संख्या धेरै भएपनि एकल भ्रमणमा निस्कने यूरोपेली मुलुकका पर्यटकका कारण पुरुषको संख्या धेरै भएपनि अधिकांस जोडी र समुहमा आउने गरेका छन् ।

जिल्लालाई जोड्ने विभिन्न नाकाबाट भित्रिनेमा कुल ४० हजार ७०६ जना रहेका छन् भने २९ हजार ११० जना बाहिरिएका छन् । २० हजार ४२९ जना पुरुष पर्यटक जिल्ला भित्रिएका छन् भने १६ हजार ५८८ जना बाहिरिएका छन् । यसैगरी २० हजार २७७ महिला भित्रिएकोमा १२ हजार ५२२ जना बाहिरिएको प्रहरीले जनाएको छ ।

एकबर्षको अवधीमा सबैभन्दा धेरै कात्तिक महिनामा १० हजार ९३७ र सबैभन्दा कम असारमा २ हजार ५०६ जना रहेका छन् । सिजनमा भित्रिएका पर्यटकको ठुलो हिस्सा पर्यटकीयस्थल घोरेपानीमा पुगेको देखिएको छ भने दोस्रो आर्कषण धौलागिरि हिमालको आरोहणमा जाने रहेको छ ।

विश्वको प्रख्यात पर्यटक गाईड लोन्ली प्लानेटले नेपालमा घुम्नै पर्ने १० वटा पर्यटकीय गन्तब्यमा पहिलोपटक अन्न्पुर्ण गाँउपालिकाको घोरेपानी र पुनहिललाई समावेश गरेपछि पर्यटकको आगमन बढेको अन्नपुर्ण गाँउपालिकका प्रमुख एवम् पर्यटन ब्यवसायी डम बहादुर पुनले बताए ।

उनका अनुसार पहिलो पटक घोरेपानी भित्रिने पर्यटकहरुलाई प्रचारप्रसार तथा आर्कषक गन्तब्यमा सुचिकृतको प्रभाव देखिएको बताए । अघिल्लो आर्थिक वर्ष २०७२÷७३ मा कुल ४३ हजार ६३२ पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । म्याग्दीमा भित्रिने कुल पर्यटकमध्ये करिब ६० देखि ७० प्रतिशतको हाराहारीमा अन्नपूर्ण गाउँपालिकामा पुग्ने गरेको तथ्याङ्कक छ ।

कास्कीको पोखरा–नयाँपुल,घान्दु्रक, म्याग्दी सदरमुकाम वेनी–तातोपानी, घारा, शिख हुदै र नागी–महरेडाँडा, पोखरेबगर–पाँउद्धार शिख लगाएत नयाँ पदमार्गबाट समेत घोरेपानीमा पुग्छन् । कास्कीको पोखराबाट हवाईमार्ग र मनाङबाट पैदलयात्रा हुदै मुस्ताङ प्रवेश गर्ने पर्यटकहरू ५ देखी २ सातासम्म मुस्ताङका विभिन्न ठाउँको भ्रमण गरी सडक मार्ग हुदै जिल्ला बाहिर जाने गरेका छन् ।

धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँका अनुसार पर्यटकको विवरण संकलन गर्ने एरियामै नपुगेर धेरै आफ्नो गन्तब्यमा जाने गरेकाले पनि जिल्लामा भित्रिने पर्यटक मध्ये करिव ५ हजार तथ्याङ्कमा नसमेटिएको हुनसक्ने बताए । उनले जिल्लाका आर्कषक पर्यटक गन्तब्यमा समेत न्यूनतम पुर्वाधारको अभावका कारण पर्यटकलाई सास्ती भएकाले बेनी नगरपालिका र पाँचवटा गाउँपालिकामा पर्यटनको क्षेत्रमा यथेष्ट बजेट विनियोजन गर्न समेत माग गरेका छन् ।

विगतमा आन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गन्तब्यमा समेत होटल ब्यवसायी र पथप्रर्दशकको सहयोगमा विदेशी समेत पुग्न थालेपछि पुर्वाधार विस्तारको आवश्यकता देखिएको पर्यटन ब्यवसायी बाबुराम आचार्यले बताए । उनले जिल्लाभित्र एकदिन बस्ने गरी पर्यटकलाई छोटो दुरीको यात्रा गर्ने गन्तब्यको आवश्यकता रहेको बताउदै सडक सञ्जालले पदमार्गलाई विस्थापित गर्दा विदेशीको यात्रा छोटिएकाले त्यसलाई रोक्न सके करिव १ लाख पर्यटक भित्राउन सकिने बताए ।

जिल्लामा भ्रमण गर्ने साक राष्ट्र बाहेक चिनियाँ, वेल्जियम, इटली, जर्मन, ईजरायल, कोरिया, फान्स, अमेरिका, बेलायत लगाएत यूरोपका अन्य देशहरुबाट भ्रमणमा आउने गरेका छन् । मनोरम हिमश्रृखला, मगर जातीको संस्कृती र रहनसहन, विविध प्रजातीका पशुपंक्षी,वनस्पतीको साथै सुर्योदयको अवलोकन,स्थानिय कला तथा मगर नृत्य पर्यटकका प्रमुख आर्कषण मानिन्छन् ।benionline.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार