एनएमए निर्वाचमा एमाले–माओवादी गठबन्दनमा बनेको सन्तबीर लामा प्यानल सार्वजनिक

  मनास्लु पोष्ट  640 पटक हेरिएको

साउन १७, काठमाडौं । नेपाल पर्वतारोहण संघको यही साउन २१ गते हुन गइरहेको निर्वाचनका लागि एमाले–माओवादी गठबन्दनमा बनेको प्यानल सार्वजनिक भएको छ । सन्तबीर लामा नेतृत्वको उक्त प्यानलको प्रथम उपाध्यक्ष दिवश विक्रम शाह, द्धितीय उपाध्यक्ष माया शेर्पा, महासचिव बोधराज भण्डारी, सचिव टिकाराम गुरुङ र कोषाध्यक्षमा सुदर्शन न्यौपाने रहनुभएको छ ।

त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा विनय शाक्य, सुमन प्रसाद न्यौपाने, दुर्गा श्रेष्ठ, शिव बहादुर सापकोटा, सिङ्गी लामा, मिंमार शेर्पा, पासाङ तेण्डी शेर्पा, सञ्जिव गुरुङ र ठाकुर प्रसाद सापकोटा रहेको महासचिवका प्रत्यासी उम्मेद्धार बोधराज भण्डारीले जानकारी दिनुभयो ।

एमालेले अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवसहित केही सदस्य तथा माओवादी केन्द्रले द्धितीय उपाध्यक्ष, महाहसचिव र कोषाध्यक्षसहित केही सदस्य लिनेगरी भएको दुईपक्षीय सम्झौताअनुरुप उक्त प्यानल बनाइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार