काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन साउन २१ गते शनिवारका दिन हुँदैछ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको एनएमए सचिवालयले जनाएको छ ।
नक्सालस्थित स्टार भेन्यूमा निर्वाचनको मतदान हुनेछ । मतदान विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । एनएमएको आगामी अध्यक्षका लागि जिम्बा जाम्बु शेर्पा र सन्तवीर लामा प्यानल सहित चुनावी मैदानमा छन् ।
एनएमए सचिबालयका अनुसार २१ गते हुने निर्वाचनमा एक हजार ३९ मतदाताले मतदान गर्न पाउने छन् । जसमा जातियताका आधारमा बाहुन क्षेत्री समुदायबाट ३६६, शेर्पा समुदायबाट ३५९, तामाङ समुदायबाट १२३, नेवार समुदायबाट ८९, गुरुङ समुदायबाट ६५, भोटे समुदायबाट १६ र अन्य अन्य समुदायबाट प्रतिनिधित्व गर्ने २१ मतदाता रहेका छन् । यो तथ्यांकलाई हेर्दा शेर्पा र बाहुन क्षेत्री समूहको मत निर्णय हुने देखिन्छ ।