काठमाडौँ । केही दिनयता सामाजिक सञ्जाल फेसबुकका नेपाली प्रयोगकर्ता टेस्टोनीको लिङ्क सेयर गर्दै रमाइरहेका छन् । केही दिन यता ‘तपाईंको बिहे कोसँग हुन्छ?’, ‘तपाईं भविष्यमा के बन्नुहुन्छ?’ र ‘तपाईको मृत्यु कहिले हुन्छ?’ लगायतका मनोरञ्जनात्मक पेजको नतिजा टाँस्ने होडबाजी नै चलिरहेको छ ।
त्यसैगरी टेस्टोनी एपबाट ‘तँ के कुरा सोच्दैछस्?’, ‘कति पैसा कमाउँछस्?’, ‘तेरो मृत्यु कहिले र कसरी हुन्छ?’, ‘तेरो असलियत के हो?’, ‘ठूलो भएर के हुन्छस्?’, ‘तेरो नराम्रो बानी तेरो लक्ष्य के छ?’, ‘तपाईँलाई उपयुक्त पार्टी कुन हो?’, र ‘तेरो भाग्यमा के लेखेको छ?’ सहितका प्रश्न र उत्तर लेखिएका पोस्ट फेसबुकमा सेयर भइरहेका छन्। साधरण शिक्षित नागरिकदेखि पढेलेखेका र बिद्वान जमात पनि टेस्टोनीको लिङ्क सेयर गर्दै रमाइरहेको छ ।
तर, तपार्इँले टेस्टोनीको नतिजा फेसबुकमा सेयर गर्दै रमाइरहँदा तपार्इँका गोप्य व्यक्तिगत विवरण थाहै नदिइ अरू कसैले चोरिरहेको हुन सक्छ । टेस्टोनीको लिङ्क सेयर गर्दै धेरै आफ्नो दैनिक जीवनसँग मिलेको भनिरहेका छन् तर टेस्टोनीमार्फत तपार्इँको दैनिक विवरण र गोप्य जानकारी अरूले चोरिरहेको कुराप्रति तपार्इँ कति सजग हुनुहुन्छ ?
।
यस्ता पेजहरुमा लाइक गर्दा, चलाउँदा, सेयर गर्दा हामीले थाहै नपाइ आफ्नो गोप्य विवरण र गोपनीयता यस्ता पेज या एप्स चलाउने ब्यक्तिहरुलाई दिइरहेका हुन्छौं। यस्ता एप्स चलाइरहँदा हाम्रा विवरण तानेर उनीहरूले हाम्रो फेसबुक ह्याक समेत गर्न सक्छन् । फेसबुकमार्फत हाम्रो मोबाइल र कम्प्युटरमा राखिएका संवेदनशील जानकारी, फोटो, भिडियो, तथ्याङ्क र बैंक खाता विवरण पनि चोरिरहेका हुनसक्छन्।
क्षणिक मनोरञ्जनमा रमाउँदा आफ्नो गोपनियतालार्इ ख्याल नगर्दा पछुताउने अवस्था आउन सक्छ । केही दिनयता सामाजिक सञ्जालका प्रयोगकर्ता नेपाली तस्बिर, समाचार र विचारका लिङ् भन्दा धेरे टेस्टोनी नामको डिजिटल मार्केटिङले बनाएको प्रश्न र त्यसले दिने रमाइलो उत्तरसहितको लिङ्क सेयर गर्दै बस्दा जोखिम पनि बढेको छ ।
देशका अधिकांश नेपालीहरू अहिले सामाजिक सञ्जाल फेसबुकमा रमाउँछन् । मोबाइलको तीब्र विकास र बिस्तार तथा मोबाइल डाटा सस्तो भएसँगै फेसबुक गाउँगाउँसम्म विस्तार भएको छ । फेसबुकले एकातिर सूचना तथा दिइरहेको छ तर अर्कातिर पर्याप्त ज्ञान नहुँदा धेरै नेपालीका गोप्य विवरणहरू पनि सामाजिक सञ्जालमार्फत चुहिरहेका छन् ।
केही दिनदेखि फेसबुकमा सेयर भइरहेको टेस्टोनीको लिङ्क नेपालमा लागि सुरक्षित नभएको खुलासा भएको छ । टेस्टोनीको निजी डिजिटल मार्केटिङ गर्न बनाइएको यो एप अहिले नेपालभर भाइरल भइरहेको छ ।
टेस्टोनीको एपबाट फेसबुकको पासवर्ड चोरिने जोखिम नभए पनि यसले व्यक्तिगत विवरण भने चोर्नसक्ने प्रविधि विज्ञहरू बताउँछन् । यदि टेस्टोनीको लिङ्क सेयर गर्ने क्रममा फेसबुकको पासवर्ड हान्न लगाएको भएचाहिँ चोरिने जोखिम रहेको उनीहरू उल्लेख गर्छन् ।
टेस्टोनीक लिङ्क क्लिक गरेपछि उसले प्रोसेसिङ गरेर फेसबुकमा पोस्ट गर्ने या नगर्ने सोध्ने गरेको छ। तर टेस्टोनीले लगइन गर्दा माग्ने पर्मिसनका आधारमा यो एप कति सुरक्षित छ भन्ने ठम्याउन सकिन्छ । ‘टेस्टोनीले प्रयोगकर्ताले अनुमति दिएपछि मात्रै फेसबुकमा पोस्ट गर्न सक्छ, प्रयोगकर्ता स्वयमले पनि आफ्नै प्रश्न बनाउन मिल्ने व्यवस्था यसमा छ ।
टेस्टोनीको प्राइभेसी पोलिसीमा थर्ड पार्टी (फेसबुक, ट्विटर वा जीमेल) बाट लगइन गर्दा टेस्टोनीले प्रयोगकर्ताको पासवर्ड चोर्न नसक्ने जनाइएको छ । तर, यस्ता कतिपय लिङ्क सेयर गर्दा कम्प्युटरमा भाइरस पस्ने, ह्याक हुने आदि जोखिम भने पर्याप्त हुन्छ ।