एनएमएको अध्यक्षमा सन्तबीर लामा बिजयी

  Manaslu Post  667 पटक हेरिएको

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा सन्तबीर लामा अत्याधिक मतका साथ विजयी हुनुभएका छन् । आफ्नो निकटतम प्रतिद्धन्द्धी जिम्बाजाङबु शेर्पालाई ६७ मतले पराजित गर्दै लामा विजयी भएका हुन् । लामाले जम्मा ३८३ मत प्राप्त गर्नुभएको छ भने शेर्पाले ३१६ मा प्राप्त गरेका थिए ।

प्रथम उपाध्यक्षमा लामा समुहकै दिवश विक्रम शाह ३७० मत हासिल गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी भूमि ३१० मत ल्याउनु भएको थियो । त्यसै गरी द्धितीय उपाध्यक्षमा लामा समुहकै माया शेर्पा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी ङिमी शेर्पाले २९८ मत प्राप्त गर्नुभयो ।
सचिवमा पनि लामा समुहकै टिकाराम गुरुङले ३५० मत ल्याई विजय हासिल गर्दैगर्दा उहाँका निकटतम प्रतिद्धन्दी पी छेवाङ शेर्पाले ३२१ मत ल्याउनुभयो । कोषाध्यक्षमा पनि लामा समुहबाटै उम्मेद्धारी दिनुभएका सुदर्शन न्यौपानेले ३३२ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी विमल नहर्कीले ३२० मत ल्याई हार बेहार्नुर्पयो । लामा समुहबाट कार्यसमिति सदस्यमा पासाङ तेण्डी शेर्पा, सिंगी लामा, मिङमार शेर्पा, विनय शाक्य, र सञ्जिव गुरुङले जित हात पर्नुभयो । शेर्पा, लामा, शेर्पा, शाक्य र गुरुङले क्रमशः ३६४, ३२७, ३५२, ३५७ र ३२१ मत प्राप्त गर्नुभएको छ ।
महासचिवसहित चार सदस्य भने जिम्बाजाम्बु शेर्पा समुहबाट तितेका छन् । महासचिवमा शेर्पा समुहका कुलबहादुर गुरुङले ३९१ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी बोधराज भण्डारीले २९१ मतमै चित्त बुझाउनुर्पयो ।
लामा समुहबाट सदस्यहरुमा डा. हरि प्रसाद श्रेष्ठ, आङछेवाङ शेर्पा, दा ग्याल्जेन शेर्पा र तुल्सिङ गुरुङ निर्वा्चिन हुनुभएको छ । उहाँहरुले क्रमशः ३५३, ३३२, ३३६ र ३६४ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचित भए पश्चात लामाले गन्तव्य नेपालसँग संक्षित कुराकानी गर्दै एनएमएलाई नयाँ ढंगमा अगाडि बढाउन आफु प्रयत्न शिल रहने बताउँदै । आफ्नो विजय सम्पूर्ण आरोही तथा पर्यटन व्यवसायीको विजय भएको बताउनु भयो ।
शनिबार नक्सालस्थित स्टार भेन्यूमा निर्वाचन सम्पन्न भएपछि सुरु भएको मत गणना कार्यक्रम राती पौने १२ बजे सकिएको थियो ।  १ हजार ३९ मतदाता रहेको एनएमएको शनिबारको निर्वाचनमा जम्मा ७५६ भोट खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार