राप्रपा पुनः विभाजित, पशुपतिले खोले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक

  मनास्लु पोष्ट  1221 पटक हेरिएको

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  विभाजीत भएर पशुपतिशम्शेर राणाले नयाँ पार्टी दर्ता गरेका छन् ।

राणाको नेतृत्वमा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दल खुलेको छ । दल खुले लगत्तै दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिएको बताइएको छ ।

पशुपति शम्शेर नेतृत्वको नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डेका साथै २२ सांसद रहेका छन् । अब कमल थापा नेतृत्वको राप्रपासँग १५ सांसद रहेको बताइएको छ ।

संविधान संशोधनका विषयमा अध्यक्ष थापा र राणाको फरक मत रहँदै आएको थियो । त्यति मात्र नभएर अध्यक्ष थापाले पार्टीलाई एकलौटी रुपमा सञ्चालन गरेको आरोप समेत राणाले लगाउँदै आउनु भएको थियो । राप्रपा र राप्रपा नेपालबीच २०७३ साल मंसिर ६ गते एकीकरण भएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी फुटाउने काम दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।

राप्रपा नेपाल पशुपति शम्शेर राणाले बहुमत केन्द्रीय सदस्यत तथा सांसदहरुसहित पार्टी फुटाएपछि थापाले पार्टी फुटाउने काम दुर्भाग्यपूर्ण भएको प्रतिक्रया दिएका हुन् । राणाले बहुमत केन्द्रीय सदस्यसहित आइतबार नै राप्रपा प्रजातान्त्रिक नामको नयाँ पार्टी दर्ता गएका हुन् ।

राणाले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर सहित निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । तर थापाले भने राणाले दर्ता गरेको नाममा अधिकांश हस्ताक्षर नक्कली भएको दाबी गरेका छन् । उनले पार्टी फुटबाट विचलित नहुन समेत आह्वान गरेका छन् ।

‘एकता महाधिवेशन सम्पन्न भएको छ महिना नपुग्दै पार्टी फुटाउने काम दुर्भाग्यपूर्ण । अधिकांश हस्ताक्षर नक्कली । बिचलित नहुन कार्यकर्तालाई आह्वान’– थापाले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार