दमौलीमा नेवार समुदायको मौलिक सांस्कृृतिक लाखे नाँच प्रतियोगिता सम्पन्न , ३३ टिमको सहभागिता

  कल्पना थापा मगर  833 पटक हेरिएको

तनहुँ– तनहुँको दमौलीमा नेवार समुदायको मौलिक सांस्कृृतिक लाखे नाँच लोप हुन थालेपछि संरक्षण गर्न दमौलीमा खुल्ला लाखे नाँच प्रतियोगिता सम्पन्न गरिएको छ ।

नेवा खल व्यास गुठी समुहको आयोजनामा भएको प्रतियोगितामा तनहुँसहित लमजुङ, गोरखा लगायतका जिल्लाका सहभागीहरु समावेश भएका थिए ।  नेवार हटियामा देखाउँदै आए पनि बजारमा बसाईसराईका कारण पछिल्लो समयमा लाखे नाच लोप हुन थालेपछि संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको देय दबु राष्ट्रिय उपाध्यक्ष शंकरनारायण श्रेष्ठले बताए । लाखे नाचको संरक्षण र युवा पिँढीलाई हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको नेवा खल व्यास गुठी समुहले जनाएको छ ।

प्रतियोगितामा ३३ टिमको सहभागिता रहेको आयोजक समितिका ताराराम श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले उद्घाटन गरेका थिए । प्रतियोगितामा मध्य नेपाल नेवा समाज लमजुङ प्रथम भएको छ ।

यसैगरी छंगेली नेवा खल दमौली र देउराली नेवा खल कास्की दोश्रो, तनहुँसुर भीमसेन धर्म गुठी तेश्रो, बरभञ्ज्याङ मेवडाँडा नेवा खल र गजरकोट नेवा खल सान्त्वना स्थान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ  ।

प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद १५ हजार, दोश्रो हुने टिमले नगद १० हजार, तेश्रो हुने टिमले नगद ५ हजार र सान्त्वना हुने टिमले नगद २ हजार रुपैयाँ प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार