सन्तबीर समुहको पत्रकार सम्मेलन, सिटिटिभि फुटेज पराजित मानिसिकताको उपज

  मनास्लु पोष्ट  764 पटक हेरिएको

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को  २१ गते सम्पन्न निर्वाचनमा पराजित जिम्बा जाङबु शेर्पा समुहले निर्वाचनमा धाँधली भएको भन्दै पत्रकार सम्मेलन गरी सिसिटिभि फुटेज सार्वजनिक गरेपछि आज विहिवार विजयी शन्तविर लामा समुहले अर्को पत्रकार सम्मेलन गरी त्यो आरोप विभिन्न प्रोपोकाण्ड मच्चाउने षड्यन्त्रको पोको भएको संज्ञा दिएको छ ।

जिम्वा जाङबु शेर्पा समुहले आरोपित गरेका तत्कालिन कार्यसमितिका कोषाध्यक्ष तथा निर्वाचित सचिव टिकाराम गुरुङले पत्रकार सम्मेलनमा बोल्दै जिम्बा जाङबु शेर्पाले हार स्विकार गर्न नसकेको वताए । ति आरोपहरु तथ्यहिन र आधारविहिन ढंगले जर्वजस्ती लगाईएको भन्दै उनले आँफु संघको कोषाध्यक्ष भएको र मतदाताहरुको कार्डहरु छुटेको र आवश्यक भएपछि कार्ड लिन मात्र गएको वताए ।

नेपाल पर्यटन व्यवसायि संगठनका संयोजक नवराज दाहालले निर्वाचनको दिनमा विजयी उम्मेदवारहरुलाई बधाई दिएर निस्केपछि फेरी पछि हार स्विकार्न नसक्नु लोकतान्त्रिक अभ्यास नभएको वताए । अध्यक्षमा निर्वाचित शन्तविर लामाले संघको कार्यालय वाट सिसिटिभि फुटेज कसरी बाहिर निस्कियो भन्दै यसको जिम्मेवारी अध्यक्ष आङछिरिङ शेर्पाले लिनुपर्ने वताए । उनले छिटो भन्दा छिटो नवनिर्वाचित उम्मेदवारहरुलाई शपथ गराउनु पर्ने पनि वताए ।

पत्रकार सम्मेलनमा शन्तविर लामा समुहका निर्वाचन परिचालन कमिटिका संयोजक निमानिरु शेर्पा, महासचिव पदमा पराजित बोधराज भण्डारी लगायतले पनि निर्वाचन स्वच्छ ढंगले भएको भन्दै जिम्वा जाङबु शेर्पा समुहले हार स्विकार गर्न नसकेको वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार