एनएमए निर्वाचन छानबिन गर्न जिल्ला प्रशासनद्वारा ४ सदस्यीय समिति गठन

  मनास्लु पोष्ट  623 पटक हेरिएको

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को यहि श्रावण २१ गते सम्पन्न भएको निर्वाचन धाँदलीपूर्ण भएको जनाउँदै पराजित उम्मेद्वार जिम्बाजाम्बु समुहले निर्वाचन वदर गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी उपर जिल्ला प्रशासन कार्यालयले छानविन समिति गठन गरेको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयले कार्यालयका कानुनी अधिकृत पारशमणि पोखरेलको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेकोछ । सदस्यहरुमा प्रशासन कार्यालयका प्रशासकिय अधिकृत परशुराम पोखरेल, नेपाल प्रहरी प्रतिनिधि १, केन्द्रिय अनुसन्धान ब्यूरो १ प्रतिनिधि रहेका छन् । प्रशासकीय अधिकृत परशुराम पोखरेलले गन्तव्य नेपालसँग संक्षिप्त कुराकानी गर्दै नेपाल पर्वतारोहण संघ निर्वाचनको सम्बन्धमा छानबिन तथा सुझबुझ गरी एक साताभित्र निर्णय लिने बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार