२० दिनयता अनशनरत डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक, शिक्षण अस्पतालमा भेन्टिलेटर तयार

  मनास्लु पोष्ट  853 पटक हेरिएको

काठमाडौं– २० दिनयता अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

डा. केसीको स्वास्थ्य अत्यन्तै नाजुक बन्दै गएपछि त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ । चिकित्सकहरुले आइसियूमा लैजान खोजे पनि डा. केसीले भने अस्वीकार गरेका छन्।

डा. केसीलाई छाती दुखाइको समस्या हुनुका साथै रगतमा अक्सिजनको मात्र अत्यन्तै न्यून देखिएको छ । छातीको पीडाले डा. केसीको श्वासप्रश्वास पनि असहज हुँदै गएको छ।

रगतमा घटिरहेको इलेक्ट्रोलाइटका कारण मुटु अचानक बन्द हुने जोखिम रहेको डा. केसीका सहयोगी एमबिबिएस अध्ययनरत विशद दाहालले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार