कमेडियन भारती सिंह गिरफ्तार, घरमै भेटियो गाँजा

  Manaslu Post  215 पटक हेरिएको

मुम्बई । प्रहरीले कमेडियन भारती सिंहलाई गिरफ्तार गर्नुको साथै, उनको घर खानतलासी गर्दा लागु औषध गाँजा भेटिएको जनाएको छ । प्रहरीले उनको श्रीमान हर्ष लिम्बाचियासंग समेत सोधपुछ गरेको छ । शनिवार पक्राउ परेकी भारतीलाई राती एनसिबीको अफिसमा राखेको थियो भने आइतबार अदालतमा पेश गरेको छ ।

प्रहरीले भारती र उनको श्रीमानको लागु औषध कारोबारीसंग सम्बन्ध रहेको जानकारी पाएको दावी गरेको छ । साथै उनीहरुलाई लागु औषध उपलब्ध गराईदिने २१ वर्षिय युवालाई पनि पक्राउ गरेको जनाएको छ ।

प्रहरीले भारतीको घरबाट ४० ग्राम गाँजा र साइकोट्रोपिक बरामद गरेको जनाएको छ । शनिबार नै प्रहरीले भारतीको अफिसबाट ८६ ग्राम गाँजा बरामद गरेको जनाएको छ भने भारती र उनका श्रीमानले नियमित गाँजा सेवन गरेको स्वीकारेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार