रिलिज रोकिएको आर्याको आयो नयाँ गीत

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  137 पटक हेरिएको

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण रिलिज हुन नसेकेको नयाँ चलचित्र आर्याको एउटा गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सम्पन्न गरेको यो चलचित्रको प्रदर्शन नेपालमा कोरोना भाइरसको महामारीको कारण गत चैतदेखि नै रोकिएको निर्माण पक्षले जनाएको छ ।

यतिबेला सार्वजनिक गरिएको गीत हाम्रो धर्ती… राष्ट्रभावले ओतप्रोत रहेको छ । यो गीतमा गायिका मेलिना राइको स्वर रहेको छ । जसमा राम सिटौलाको संगीत र लक्ष्मण सिटौलाको शब्द रहेको छ ।

उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको चलचित्रमा यस गीतको कविराज गहतराजको नृत्य निर्देशन गरेका छन् । चलचित्रमा आर्याको शीर्ष भूमिकामा शिल्पा पोखरेल छिन् ।

नेपाली चलचित्रको इतिहासमा राष्ट्रिय झन्डाको व्यापक प्रयोग गरि दृश्य छायांकन गरिएको सम्भवतः यो नै पहिलोपटक भएको निर्माण पक्षको दाबी छ । झन्डालाई नेपाल र नेपालीको आत्मसम्मान र राष्ट्र गौरवको प्रतीक मान्नुपर्छ भन्ने एउटा महŒवपूर्ण सन्देश दिने यो गीतले नेपालको आफ्नै गौरवगाथा बोलेको निर्देशक तिमिल्सिनाले बताए ।

यो गीतको छायांकन दमौलीको मानुङ डाँडाको मनोरम स्थानमा गरिएको छ । दमौलीको मानुङ डाँडा आन्तरिक पर्यटनका लागि प्रसिद्ध छ । सो ठाउँको पर्यटन प्रवर्धनका लागि पनि त्यहा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार