मूर्ति बनाएर १५ लाख कमाइ

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  157 पटक हेरिएको

सल्यान,  । पढेलेखेका युवा श्रम गर्नेभन्दा सानो भए पनि टेवुल वर्क काम गर्न चाहन्छन् तर स्नातकोत्तर गरेका सल्यान वागचौर ९ कोटमौला युवा टोपेन्द्र डाँगीले मूर्तिकला ब्यवसाय गरेरै वार्षिक १५ लाख रुपियाँ आम्दानी गर्दे आएका छन । उनका अनुसार एउटा मूर्ति १५ हजारदेखि ५० हजारसम्म बिक्री हुने गरेको छ । १५ हजारदेखि ५० हजारसम्म बिक्री गर्दै आइरहेको छु।
उनले भने सुरुमा आर्ट सम्बन्धी काम गरे पनि सात वर्ष यता शिक्षण पेशा छोडे र मूर्ति बनाउन थालेको हुँ ।
ग्राहकले दिएको तस्विरलाई आकृति मूर्तिको रुपमा उर्तान सक्ने डाँगीको भनाइ छ । सल्यान, रुकुम, जाजरकोट, रोल्पा र दाङ्गवाट विभिन्न मूर्ति,शिलालेख वनाउने अर्डर आउने गरेको छ ।
वागचौरमा टोपेन्द्र कला केन्द्रको रुपमा सञ्चालन ब्यवसायमा दुई जनालाई रोजगारी पाएका छन् । यहाँ काम गर्ने मजदुरले मूर्तिमा रंग लगाउने लगायतका काम गर्ने गरेका छन् । एकराज वलीले गाउँमै रोजगारी पाउदा खुसी भएको बताए। उनका अनुसार मूर्तिमा रंग लगाउने आदि काम गरेको मासिक २५ हजार पारिश्रमिक पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार