धादिङ ४ सिद्द्लेखको आरुबासमा रहेको श्री कालि देबि माध्यामिक बिधालयमा अनौठो किसिमको महामारि रोग देखा परेको छ । गाउमा महामारिको रुपमा फैलिएको यो रोगको पहिचान नहुदा बिर्धाथी शिक्षक र अभिभाबकहरुमा चिन्तित तुल्याएको छ । केहि दिन अगाडीवाट दिनकै १० देखि २० जनासम्मको हाराहारिमा यो समस्या देखा परेको छ । mass hysteria को सङ्केत हो या कुनै mental depression को रोग पत्ता लगाउन गाह्रो भएको र प्राय जसो हरेक विरामीहरुमा नयाँ नयाँ लक्षणहरु देखा परेको विधालयका शिक्षकहरुले बताउनुभयो। अहिले यो रोग झन झन फैलिदै गएकोले यो रोगको छिटै निर्मुल गर्न कालि देबि माध्यामिक बिधालयले सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएको छ ।