गुगलको धेरै खोजिएको कनिकादेखी कंगनासम्म

  Manaslu Post  164 पटक हेरिएको

एजेन्सी । गुगलले सन २०२० मा भारतमा सबै भन्दा धेरै खेजिएकाको सूची तयार पारेको छ । यो सूचीमा सबै भन्दा धेरै चर्चामा रहेकी अभिनेत्री कंगना रनौत १० औं स्थानमा छिन् भने कनिका कपुर सबै भन्दा धेरै खोजिएकी मनोरञ्जन उद्योगकी पात्र भएकी छिन् । कनिका तेस्रो स्थानमा रहेकी छिन् । पहिलो स्थानमा अमेरिकाको नवनिर्वाचित राष्ट्रपति जो बाइडेन छन् भने दोस्रो स्थानमा विवादास्पद पत्रकार अर्नव गोश्वामी रहेका छन् ।

उक्त सूचीमा उत्तर कोरियाली नेता किम जोङ उन चौथो स्थानमा रहेका छन् भने अमिताभ बच्चन पाँचौ स्थानमा रहेका छन् । त्यस्तै राशिद खान (अफगान क्रिकेटर) छैटौ स्थानमा रहेको उक्त सूचीमा रिया चक्रवर्ती सातौं स्थानमा छिन् ।

अमेरिकाकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस आठौं स्थानमा रहेकी छिन् भने अंकिता लोखंडे नवौ र कंगना रनौत दशौं स्थानमा छन् ।

को हुन् कनिका ?

कनिका पहिलो बलिउड सेलीब्रेटी हुन्, जो कोरोना भारइसवाट संक्रमण भइन् । उनी लण्डनबाट भारत आएकपछि केही पार्टीमा सहभागी भएकी थिइन् । त्यसपछि कोरोना जाँच गराएकी उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनी माथी क्वारेन्टिनको नियम तोडेको आरोप पनि लाग्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार