‘चिसो मान्छे’मा स्वस्तिमा खड्का

  Manaslu Post  147 पटक हेरिएको

काठमाडौं । दुई महिनापछि छायांकन सुरु गरिने भनिएको चलचित्र ‘चिसो मान्छे’मा नायिकामा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । यो चलचित्रको कथा निकै राम्रो लागेका कारण आफू खेल्न तयार भएको अभिनेत्री स्वस्तिमाले बताएकी छन् ।

अभिनेत्री स्वस्तिमाले यसअघि चलचित्र बुलबुलमा गरेको भूमिकाले दर्शकको मन जितेको थियो । निर्देशक दीपेन्द्र के खनाल र निर्माता शर्मिला पाण्डेलाई पनि स्वस्तिमाको त्यो भूमिका निकै राम्रो लागेको थियो ।

स्वस्तिमाको माग अनुसारको पारिश्रमिक आफूहरूले दिएको निर्माता पाण्डेको कथन छ । तर, पारिश्रमिकबारे उनीहरूले खुलाउन चाहेनन् । आफूहरूले महँगो पारिश्रमिक दिएको उनको कथन छ ।चलचित्र चिसो मान्छेलाई दीपेन्द्र के खनालले निर्देशन गर्दै छन् । चलचित्र नारी प्रधान हुनेछ । यसका अन्य कलाकारको चयन पनि गरिँदै छ । कलाकार चयन सकिएपछि केही दिनको अभिनय कार्यशाला गर्ने र त्यसपछि आपूmहरू छायांकनमा जाने निर्देशक खनालले बताएका छन् । फरक विषयवस्तु र कथामा चलचित्र बनाउने निर्देशक खनालले यो चलचित्रको कथावस्तु पनि केही फरक भएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार