एउटै गाउँका दुई सय भन्दा बढी बिरामी

  मनास्लु पोष्ट  687 पटक हेरिएको

रुकुम–     जिल्लाको आठविसकोट नगरपालिका–३, दुर्गम गाउँ खदीमा एक्कासी दुई सय बढी स्थानीय बिरामी परेका छन् । हप्ता दिन यता सर्वसाधारणहरु धमाधम बिरामी परिरहेको स्थानीयले जानकारी दिएका छन् । उनीहरुमा टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएको स्थानीय कल्पना बुढाथोकीले जानकारी दिइन्।

भिन्नभिन्न खालका बिरामीहरु दैनिक रुपमा बढ्दै गएको बुढाथोकीले बताए। बिरामीहरुको अवस्था अहिले निकै चिन्ताजनक रहेको बताएको छ । साविकको स्यालाखदी गाविसमा पर्ने उक्त ठाउँको स्वास्थ्य चौकीमा सामान्य औषधि पनि नरहेको उनँले बताए। हालसम्म उक्त प्रकोप कुन रोगको हो भन्ने नै पत्ता लाग्न सकेको छैन ।

हरेक दिन बिरामी बढ्दै गएपछि आठविसकोट नगर स्तरीय स्वास्थ्य संस्थाबाट दुईजना स्वास्थ्यकर्मीसहित औषधि त्यस ठाउँमा पठाएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए। एकजना हेल्थ असिस्टेन्ट र एकजना अहेब भरिया औषधिसहित खरिदतर्फ गएको नगर प्रमुख केसीले बताए। यसलाई तत्काल नियन्त्रणमा ल्याउन नसके महामारी फैलिने चिन्ता प्रमुख केसीको छ।

उपचारका लागि गएको टोली आज बेलुकासम्म खदी पुक्ने र त्यस पछि त्यहाँको अवस्थाको बारेमा थप जानकारी आउने बताएको छ। अस्पतालका महामारी नियन्त्रण कार्यक्रमका फोकल पर्सन नन्दलाल महतोले एक्कासी धेरै जना बिरामी भएको खबर आएपछि औषधि सहित स्वास्थ्यकर्मी त्यस र्फ गएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार