लकडाउनपूर्वकै अवस्थामा फर्कियो सवारीको चाप

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  101 पटक हेरिएको

काठमाडौं, पुस ३ गते । जोरबिजोर हटेसँगै शुक्रबार काठमाडौमा सवारीको चाप लकडाउन हुनुभन्दा पहिलेकै अवस्थामा देखिएको छ । कोरोना महामारीको कारण काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर शुक्रबारबाट हटेसँगै सवारी साधनको चाप बढेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । जोरबिजोरलाई ट्राफिक प्रहरीले कडाइ गरेसँगै शुक्रबारबाट जोरबिजोर हटाएसँगै चाप ह्वात्तै बढेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

ट्राफिक चाप बढ्न सक्ने भन्दै महाशाखाले आफूसँग भएका जनशक्ति परिचालन गरेसँगै ट्राफिक व्यवस्थापनमा भने खासै समस्या नभएको अधिकारीले बताउनुभयो । केही दिनदेखि उपत्यकामा सवारीको चाप बढेसँगै आफूसँग रहेका सबै जनशक्ति महाशाखाले परिचालन गरेको एसपी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकामा अहिले १४ सय जनशक्ति परिचालन भएको छ । सवारीको चाप बढेसँगै दुर्घटनामा समेत बृद्धि हुन सक्ने भएकाले प्रहरीले सर्तकता बढाएको एसपी अधिकारीले भन्नुभयो । उहाँका अनुसार दैनिक २५ सय सवारी साधनहरुलाई ट्राफिकले कारवाही समेत गर्ने गरेको छ । कोरोना महामारीसँगै ट्राफिक प्रहरीलाई कोरोनाको जोखिम बढ्ने भन्दै रोकिएको मापसे चेकजाँच शुक्रबारबाट पुन सुरु गरिएको अधिकारीले भन्नुभयो । काठमाडौं उपत्यकामा नौ महिनादेखि रोकिएको मापसे चेकजाँच शुक्रबारबाट सुरु भएको छ । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै स्थानमा मापसे चेकिङ सुरु गरेको हो । ‘ हामीले उपत्यकामा रहेका सबै ट्राफिक युनिटहरुलाई निर्देशन दिएका छौ’ महानगरीय ट्राफिक महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले भन्नुभयो ।

मापसेको कारणले उपत्यकाका सबै युनिटलाई निर्देशन दिएरु रातको समयमा मापसे चेकिङ सुरु गरेको उहाँले स्पष्ट पार्नुभयो । महाशाखाका एसपी अधिकारीले मापसे जाँच गर्दा ब्रेथलाइजर एकपटक मात्रै प्रयोग गर्ने र बाटोमा त्यसको सरसफाइ सम्भव नभएकाले कार्यालयमा लगेर सफा गर्ने बताउनुभयो । ट्राफिक कारवाहीमा परेकाहरुलाईे अनलाइन कक्षाकै व्यवस्था महाशाखाले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार