भरत भट्ट र तुलसा पुनको सुन्तलाको दाना सार्वजनिक (भिडियो सहित)

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  308 पटक हेरिएको

मन बहादुर पुन

काठमाडौ । नेपाली मौलिक गीत संगीतको दुनियाँमा भरता भट्ट र तुलसा पुनको एउता पृथक लोक दोहोरी गीत सुन्तलाको दाना मनास्लु टिभिबाट सार्वजनिक भएको छ ।
मनास्लु मिडिया प्रा.लिको प्रस्तुती रहेको सुन्तलाको दाना गीतमा भरत भट्ट र तुलसा पुनको सुमधुर स्वर रहेको छ भने लोकप्रिय गायक, सर्जक मिन प्रकाश ओलीको शव्द, लय रहेको छन । यस भन्दा अगाडि गायक गायिकाद्धयको बिभिन्न सांगीतिक कोसेलीहरु बजारमा आइसकेका छन ।
२०६८ सालदेखि निरन्तर गीत संगीतमा लागेका मिन प्रकाश ओलीले आफ्नै रचना, संगीत र स्वर गरि चर्चित गीत घामको छाँया,बिर्से बाबु आमा लगायत ४ दर्जन भन्दा बढि गीतहरु बजार ल्याइसकेका छन । आफ्नै गीत नथियाबाट अभिनय क्षेत्रमा प्रबेश गरेका ओलीले यस गीतबाट म्यूजिक भिडियो निर्दशनमा पनि हात हालेका छन ।
बहुप्रतिभाका धनि ओलीले निर्देशन गरेको सुन्तलाको दाना गीतमा आफू स्वयम र उषा कार्कीको अभिनय रहेको छ भने मन बहादुर पुनको छायांकन, सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार