सगरमाथा आरोही शेर्पाको अन्त्येष्टि

  Manaslu Post  330 पटक हेरिएको

काठमाडौं, । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । स्वयम्भूस्थित समाधिस्थलमा बौद्ध परम्पराअनुसार शुक्रबार विहान उहाँको अन्त्यष्टि गरिएको छ ।

दोलखास्थित गौरीशंकर गाउँपालिका ९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिक युवा संघ, नेपालको झण्डा सगरमाथाको शिखरमा पहिलो पटक फहराएर नयाँ कीर्तिमान कायम गर्नुभएको थियो । पर्यटन व्यवसाय र समाज सेवामा निरन्तर क्रियाशील शेर्पा २ पटक सगरमाथाको शिखर चुम्न सफल हुनुभएको भन्नुभएको थियो ।

सञ्चारमन्त्री गुरुङले स्वर्गीय शेर्पाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको सञ्चारमन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो । गौरीशंकर गाउँपालिका ९ का वडाध्यक्ष छिरिङ शर्पाले पनि उहाँको निधनप्रति दुुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको थियो ।

फोक्सोमा समस्या देखिएपछि काठमाडौंको चावहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा भर्ना हुनुभएका शेर्पाको माघ ७ गते निधन भएको थियो । स्वर्गीय शेर्पाका श्रीमती र ३ जना छोरा छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार