मिस नेवाका प्रतियोगीहरूको थरीथरी प्रतिभा

  Manaslu Post  136 पटक हेरिएको

काठमाडौं । नेवार सुन्दरीहरूको सौन्दर्य प्रतियोगिता मिस नेवा: नेपालको १५औं संस्करणका प्रतियोगिहरूले ट्यालेन्ट सोअन्तर्गत आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका छन् ।

कीर्तिपुरको सःसः त्वाःमा आयोजित मिस नेवाः नेपाल ट्यालेन्ट सोमा प्रतियोगीहरूले आआप्mना प्रतिभा प्रदर्शन गरे । ट्यालेन्ट सोमा उनीहरूले नृत्य, अभिनय, कविता वाचन, वक्तृत्वकला, चित्रकला, वाद्यवादन, हस्तकलाजस्ता आफूमा रहेको प्रतिभा प्रदर्शन गरे ।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न १७औं संस्करणको यो प्रतियोगिताको ट्यालेन्ट सोमा प्रिया तुलाधरले कुटुम्ब धुन र स्वीकृति महर्जनले सिसंया देगु बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए भने मनिका खड्गी कुमारी नृत्य देखाएकी थिइन् । रुचिका तण्डुकारले राष्ट्रियता झल्कने नृत्य प्रस्तुत गरेकी थिइन् भने कृषा महर्जन, सृजा रञ्जितकार, लेनिका डंगोल र कृष्टिना महर्जनले नृत्य प्रस्तुत गरेका थिए ।

पूर्व मिस नेवाः सुनिता डंगोलद्वारा सञ्चालित ट्यालेन्ट शोमा मनिषा महर्जनले पेन्टिङ, अन्जिला अवाले र सपना महर्जनले कविता वाचन, रोहिना महर्जनले भायलिन वादन, सौर्या शाहीले बाँसुरी वादन र रीना महर्जनले हस्तकला प्रदर्शन गरेका थिए ।

मिस नेवाःको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाः नेपालअन्र्तगतको मिस नेवाः नेपाल ट्यालेन्टेड उपउपाधिका लागि ट्यालेन्ट सो आयोजना गर्ने गरिएको बताइन् ।

भएको थियो । मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धामा स्पर्धा गर्दै छन् । मिस नेवाः नेपाल ११४१ रोजिन शाक्य र सुनीता डंगोलको कोरियोग्राफीमा सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार