मनास्लु राष्ट्रिय अवार्डको मनोनयन सम्पन्न

  मनास्लु पोष्ट  893 पटक हेरिएको

मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खवरको रफ्तार…मनास्लु पोष्टको आयोजनामा मनास्लु राष्ट्रिय अवार्ड २०७४ लागि विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पु¥याएका १३ जना व्याक्तित्वहरु साहसिक हिमाल आरोही , पर्यटन गाईड, समाजसेवी पुरुष १ महिला १ पुरुष, संस्कृतविद्, उद्दोगी, व्यावसायी, खेलाडी, चलचित्र निर्देशक,मोडल, शिक्षासेवी, पत्रकार, बर्षको ब्यक्तित्व बिधा लगाएत ११ जना श्रष्ट्राहरुलाई मनोनयन गरेको छ ।
मनास्लु पोष्टका अध्यक्ष मन बहादुर पुनको संयोजकत्वमा अवार्ड मूल समारोह समितिका साथै विभिन्न उपसमितिले मनोनयन गरेको मनास्लु राष्ट्रिय अवार्ड २०७४  मंसीर महिनामा प्रदान गरिने भएको छ ।
मनास्लु राष्ट्रिय अवार्ड कार्यक्रममा मौलिकता झल्किने खालको विविध सांस्कृतिक प्रस्तुति रहने छ भने मनास्लु राष्ट्रिय अर्वाड–२०७४ लाई टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिनुका साथै कार्यक्रममा बुद्धिजीवी, व्यापारी, समाजसेवी, नेपाली चलचित्र र कला संस्कृतिलाई माया गर्ने दर्शकहरु अवार्ड समारोहमा सहभागिता गराउने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार