लाखौ दर्शकको मनमा छाप छोड्न सफल बहुप्रतिभाका धनि तिलक रोका

  मन बहादुर पुन  999 पटक हेरिएको

 नेपालीहरुलाई सुख दुखःमा सहज र सरल ढंङ्गले अन्त्यन्तै आर्कषण शैलीमा व्यक्त गर्ने माध्यम हो लोक संगीत । हरेक नेपालीको जीवन शैली रहन सहन आदी सवै पक्षलाई बोलेको हुन्छ लोक संगीतले यस्तै नेपाली लोक सांगीतिक आकाशमा फरक पहिचान बोकि लोक आवाजको दुनियामा आफुलाई परिचित गराउन सफल लोक प्रिय गायक एवं हास्यव्याङ्ग्य कलाकार तिलक रोका मगर यतिबेला लोक संगीत क्षेत्रका साथै म्युजिक भिडियोहरुमा हास्य कलाकारको रुपमा चर्चित बनेर उदाएका छन ।
नेपालगंज नगरपालिका २० नयाँ बस्ती थपुवा बाँकेमा स्थाई बसोबास गर्दै आएका तिलक रोका मगर सडक नाटकबाट आफ्नो कलाकारिता सुरु गरेका थिए । नृत्य र अभिनयमा निकै दखल भएका तिलक लामो समयदेखि नृत्य प्रशिक्षकको भुमिका निर्भाह गर्दै आएका छन । दर्सकहरुलाई पेट मिचि मिचि हसाउन सक्ने खुवि भएका तिलक रोका पछिल्लो समय देशका विभिन्न ठाउका कार्यक्रमहरुमा व्यस्तता बढ्दै गएको छ ।
बहुप्रतिभाका धनि तिलक रोका मगरले आफ्नै शब्द, लय र स्वरमा चितिक्कै परेकी रोल्पाली नानी मौलिक लोक दोहोरी गीतको रेर्कड गरेर सांगीतिक क्षेत्रमा पाइला चालेका थिए । उनको शब्द, लय र स्वरमा तरुनीको जात, पिरतीको जाल, आफ्नै गाउको वन जस्ता चर्चित गीतहरु लगाएत एक दर्जन भन्दा बढि गीतहरु दर्सक श्रोताको माझमा ल्याइसकेका छन । गायन सँग सँगै हास्य कलाकारितालाई करियर बनाएर लागेका तिलक रोका मगरले दुई दर्जन भन्दा बढि म्युजिक भिडियोहरुमा हास्यव्याङग्य अभिनय गर्नुका साथै लघुफिल्म समानतामा कुसल अभिनय गरेका छन ।
जीवनभर गायन र हास्य कलाकारितालाई अंगाल्ने अठोट बोकेका तिलक रोका मगरद्धारा लेखन, निर्देशन, अभिनय गरेको टेलिफिल्म त्यो त त्यहि हो हाल युटुव च्यानलबाट प्रशारण भइरहेको छ ।
यो बर्ष मात्र आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका गायक तथा हास्य कलाकार तिलक रोका मगरको अभिनय तारिफ अहिले चलचित्र क्षेत्रमा जता त्यतै बढ्दै गएको छ ।
नेपाली फिल्मका लागि निकै सम्भावना बोकेका सधै हासेर बोल्ने हसिलो तथा फरासिलो स्वभाब एवं खेलाडी समेत रहेका बहुप्रतिभाशाली गायक तिलक रोका मगर दर्जनौ म्युजिक भिडियोहरूमा आफ्नो अभिनय कौशल प्रस्तुत गरेर लाखौ दर्शकहरुको मनमा छाप छोड्न सफल भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार