बागलुङमा हिंसात्मक झडप, दुई युवाको मृत्यु, १० बढी बेपत्ता भएको अनुमान

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  82 पटक हेरिएको

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ लागेको होली मेलामा युवाबीच भएको झडप हुँदा दुई युवाको मृत्यु भएको छ । ति दुई युवको झडपका क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको भीरबाट लडेर मृत्यु भएको छ ।

दुवै युवाको शव बल्देधुरी भीरबाट ५०० मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरीको भनाई छ । आइतबार दिउँसो होली मनाउन बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब पाँचसय भन्दा धेरै उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ । घटनामा १० जना भन्दा बढी हताहती भएको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार