सिरहामा गोली हानी एक व्यापारीको हत्या

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  96 पटक हेरिएको

काठमाडौं : सिरहाको लहानमा डाकाको समूहले एक व्यवसायीको गोली हानी हत्या गरेका छन्।

लहान नगरपालिका–२३ गड्डाचोकमा शनिबार मध्यराति सुतिरहेका बेला सुनचाँदी पसले ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या भएको सिरहा प्रहरीले जनाएको छ।

डकैती गर्न आएको हतियारधारी समूहले गोली प्रहार गर्दा विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले जानकारी दिए।

उनीहरुले विश्वकर्माकी श्रीमती अनितालाई पनि धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन्। अनिताको लहान अस्पतालमा उपचार भैरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय रामकृष्ण चौधरीलाई पक्राउ गरिएको छ। अर्का एकजनालाई पक्राउ गरे पनि प्रहरीले उनको नाम भने खुलाएको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार