तुलसीपुरमा कोरोना संक्रमित श्रीमतीको मृत्यु, श्रीमानको उपचार जारी

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  73 पटक हेरिएको

तुलसीपुर । तुलसीपुरमा कोरोना सक्रंाित एक महिलाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारत तुलसीपुर उपमहानगरपालिका– ७ गणेसपुर निबासी ५५ बर्षकी महिलाको बिहिबार दिउँसो मृत्यु भएको हो । आईसीयूमा उपचारत महिलाको फोक्सोले काम गर्न छोडेपछि पौने चारबजे मृत्यु भएको कोरोना अस्पताल बेलझुण्डीका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गएको चैत २३ गते गरिएको कोरोना परीक्षणका क्रममा मृतक सहित उनका श्रीमानलाई कोरोना पुष्टि भएपछि दुबैजनालाई चैत २४ गते अस्पतालमा भर्ना गरिएको थियो । दुवै जनाको आईसीयू कक्षमा भर्ना गरिएकोमा श्रीमतीको मृत्यु भएको छ भने श्रीमानको उपचार भइरहेको छ ।

योसंगै अस्पतालमा अहिलेसम्म ९ जना संक्रमितको मृत्यु भएको व्यवस्थापक वलीले जानकारी दिए । अस्पतालमा अहिले १८ जना कोरोना संक्रमित उपचाररत छन् । मृतक महिलाको शव बिहीबार नै गोठीखोलामा लगेर व्यवस्थापन गरिएको छ । कोरोना संक्रमित सुन्य प्राय भएपछि तुलसीपुरमा कोरोनाबाट मृत्यु हुने उहाँ पहिलो संक्रमित भएको अस्पतालले जनाएको छ । अस्पत्तालमा एकै घरका ३ जना कोरोना संक्रमितको उपचार समेत भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार