जुम्लामा युवाले बनाए साेलारबाट गुड्ने कार

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  99 पटक हेरिएको

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ चुलेल गाउँका २ युवाले कार बनाएर गुडाएका छन् । उनीहरूले स्थानीय स्रोत–साधनबाट कार बनाएर गुडाएका स्थानीय दंग बनेका छन् । वडाध्यक्ष नवीन शर्माका अनुसार चुलेल गाउँका प्रशान्त विक र अज विकले बनाएको गाडी गाउँपालिका अध्यक्ष देवलसिंह रावलले उद्घाटन गरे ।

गाउँपालिका अध्यक्ष रावल, वडाध्यक्ष शर्मासहित सरोकारवाला निकायको सहभागितामा गाउँमै बनाएको कार गुडाएपछि स्थानीय दंग परेका छन् ।

२० वर्षीय प्रशान्त र १९ वर्षीय अजले स्थानीय काठ र फलामसहित बाहिरी आवरण सिसाबाट कार निर्माण गरेको स्थानीय रतन वडले जानकारी दिए ।

यसैगरी सोलारमा १२ भोल्टको डबल ब्याट्री जडान गरिएको छ । छतमा सोलारका पातासमेत जडान गरिएको छ । अवसर पाए आफैं गाडी र मोटरसाइकलसमेत बनाउन सक्ने प्रशान्त विक बताउँछन् । प्रशान्तले नाग्म–गमगडी सडकमा १ सय मिटरसम्म सो गाडी कुदाएको स्थानीय तीर्थ वडले बताए । उक्त कार अघिल्लो दिन १ किलोमिटर गुडेको थियो । कारमा भित्र ३÷४ जना बस्न मिल्छ । गाउँपालिका अध्यक्ष देवलसिंह रावलले युवाहरूको मिहिनेत र सिर्जनालाई पालिकाले संरक्षण गरेर थप तालिमका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार