प्रधानमन्त्री देउवाको भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाईमा र्पुयाएको दावी

  मनास्लु पोष्ट  584 पटक हेरिएको

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा उच्चस्तरिय राजनीतिक भेटवार्तामा व्यस्त रहनुभएको छ । प्रधानमन्त्री देउवाले अहिले केहिबेरमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेङका नाईडु, अर्थमन्त्री अरुण जेट्ली गृहमन्त्री राजनाथ सिंहसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुदै छ । सो भेटवार्तापछि प्रधानमन्त्री देउवा भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले उहाँको सम्मानमा आयोजित रात्री भोजमा सहभागी हुनु हुनेछ ।

यसअघि प्रधानमन्त्री देउवाले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिसंग भने वान टु वान भेटबार्ता गरीसक्नुभएको छ । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीको टोलीबीच झण्डै साढे एक घण्टा भएको औपचारिक भेटवार्ता पछि आयोजित सयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै देउवा र मोदीले दुई देशबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवाको भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाईमा र्पुयाएको दावी गर्दै नेपालमा स्थानीय तहको निर्वाचन दुई चरणमा भएकोमा बधाई दिनुभएको छ ।

मोदीले भारतले नेपालको आर्थिक समृद्धी र विकास चाहेको बताउँदै संविधान सफलता पुर्वक कार्यान्वयन गर्न शुभकामना समेत दिनुभयो । प्रधानमन्त्री देउवासँग दुई देशको सम्बन्धलाई नयाँ रुपले अगाडि बढाउन विशेष छलफल भएको र नेपाललाई भारतले जुनसुकै अवस्थामा पनि साथ दिने मोदीले बताउनुभयो ।

भेटका क्रममा नेपालका तर्फबाट देउवाले आफूलाई अरुण ३ को शिलान्यासको लागि निम्ता दिएकोमा मोदीले आभार समेत प्रकट गर्नुभयो । उहाँले नेपालको बाढी प्रभावित क्षेत्रमा भारतको तर्फबाट हरेक किसिमको सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार