काठमाडौं– हिन्दु नेपाली नारीहरुको ठूलो चाड हरितालिका तीजका दिन विहीबार महिलाहरु ब्रत र आरधना गरी तीज मनाएका छन् ।
अर्काको घर गएर नयाँ जीवनको शुरुवात गर्नुपर्ने महिलाहरु वर्ष दिनको तीजमा माइतीको आँगनमा आएर दुःख विर्साउने प्रचलन रहनुका साथै महिलाहरु मिठो खाने र राम्रो लगाउने गर्दछन् ।
राम्रो लुगा लगाएर पशुपतिनाथको दर्शन गर्न पुगेका भर्खरैका युवती मात्र होइन, वृद्धवृद्धाले समेत मोबाइलबाट आफ्नो तस्विर आफै खिचिरहेका थिए । प्रविधिको विकास भएसँगै ‘सेल्फी’ खिचेर सामाजिक सञ्चालमा पोष्टिने रहरले अधिकांश युवतीदेखि वृद्धमहिलाहरु पनि सेल्फी खिचेका थिए ।
वर्षदिनको दुःख विर्साउने र माइतीको आँगनमा गीतका माध्यामबाट पीडा पोख्ने पर्व महिलामाथि हुने विभेद कम हुँदै गएपछि मनाउने तरिकामा पनि परिमार्जन मात्रै भएको छैन, भड्किलोसमे हुँदै गएको छ । महिलाहरुको पीडा विर्साउने चाडमा रुपमा रहँदै आएको तीज पछिल्लो समय भने विकृति उन्मुख भएको आरोप पनि लाग्ने गरेको छ ।